प्रधानमन्त्री केपी ओलीकाे असँवैधानिक ‘कु’ का विरुद्ध सबै एकताबद्ध हुन नेकपाकाे अपिल

केपीलाइ नेकपाबाट बर्खास्त गर्न माग

आइतवार, पुस ५, २०७७
0
193

पुस ५, गाेरखा ।  नेपाल कम्युनिष्ट पार्टीले खड्ग प्रसाद ओलीकाे असँवैधानिक कु का विरुद्ध सबै जनतालाइ एक हुन अपिल गरेकाे छ । कु का विरुद्ध कानुनी कारवाही खाेज्ने पार्टीले जनाएकाे छ । आज बसेकाे स्थायी कमिटि बैठकले प्रधानमन्त्री ओलीलाइ कारवाहीका लागि छलफल गर्न केन्द्रीय समिति बैठकमा लैजाने निर्णय समेत गरेकाे छ ।

झापा जिल्ला घर भएका ओलीले सँविधानकाे मर्म र भावना विपरित राष्ट्रपतिलाइ समेत विभिन्न प्रलाेभनमा पारी नेपालकाे स‌ँसद आज मात्रै विघटन गरेका छन् । शारीरिक रुपमा समेत अस्वस्थ रहेका ओली आफूलाइ सर्वसत्तावादकाे नाइके मान्दै जनयुद्ध, जनआन्दाेलनकाे मर्म र भावनामा स्थापित मूल्य मान्यताका आधारमा बनेकाे स‌ँविधानलाइ व्यापक रुपमा दुरुपयाेग गरेका अधिकारकर्मीहरु बताउँछन् । ओलीलाइ तत्काल साे पार्टीबाट बर्खास्त गर्नुपर्ने उनीहरुले बताएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here