पुस ५, गाेरखा । नेपाल कम्युनिष्ट पार्टीका सेरेमाेनियल अध्यक्ष झापा घर भएका खडग प्रसाद ओली (केपी ओली) काे नेपाल कम्युनिष्ट पार्टीकाे साधारण सदस्यता समेत खारेज हुने अवस्थामा पुगेकाे छ । ओलीले पार्टीमा लामाे समयदेखि लेवि समेत तिरेका छैनन् । तल्ला तहका कार्यकर्ताहरुसँग कडाइका साथ लेवि उठाउने गरिएपनि पार्टी एकता भएदेखि नै ओलीले पार्टीमा लेवि नतिरेका हुन् । ओलीले झापा, काठमाण्डाै ,केन्द्रीय कार्यालय कुनै पनि पार्टी अफिस पुगेर लेवि तिरेका छैनन ।
प्रधानमन्त्री पदमा समेत रहेका ओलीले आज सँसद विघटन गरेर नयाँ निर्वाचनकाे मिति घाेषणा गरेका थिए । नियमित रुपमा बस्दै आएकाे नेकपा स्थायी समितिकाे बैठकले ओलीलाइ अनुशासनकाे कारवाहीका लागि केन्द्रीय समितिमा लैजान सिफारीस गरेकाे छ । बैठकले सिफारीस गर्नु भनेकाे एक प्रकारकाे कारवाही हाे याे पारित हुन्छ, नेकपाका केन्द्रीय सदस्यले भने ।
ओली कारवाहीमा परेपछि उनकाे प्रधानमन्त्री पद समेत रहने छैन । जनमत प्राप्त सँसदलाइ अपदस्थ गरेका ओलीकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । कतिपयले ओलीलाइ मेडिकल इफेक्ट भएकाे बताउँदै आएका छन् । नेपालमा तानाशाहहरुकाे दुखद अन्त्य हुँदै आएकाे इतिहास प्रशस्तै पढ्न पाइन्छ । ओली एउटा नयाँ तानाशाहकाे रुपमा उदाएकाे कतिपयकाे भनाइ छ ।






