डाेल्पाका याक विक्रिका लागि मुस्ताङ

सोमवार, कार्तिक २२, २०७८
0
251
जाेमसाेम आउँदै गरेका याक

जोमसोम— हिमाली तथा उच्चपहाडी जिल्लामा याक पालन व्यवसाय गरिन्छ । याक उत्पादनले प्रसिद्ध मानिएको डोल्पाको उपल्लो भेकबाट बडा दशै अघि देखि बिक्रीका लागि याक मुस्ताङ झारिएका छन् । मुस्ताङ झारिएका याक जोमसोम आसपासका क्षेत्रमा सहजै बिक्री हुने गर्छ ।

यसवर्ष पनि हिमाली जिल्ला डोल्पाको उपल्लो भागबाट बिक्रीका लागि याक तथा चौरीहरु मुस्ताङ झारिएको छ ।

हिमाली तथा उच्चपहाडी क्षेत्रमा व्यावसायिक रुपमा पालिएका ती याकहरु मुस्ताङमा १ लाखदेखि १ लाख २५ हजार सम्ममा बिक्री हुने गरेको याक ब्यापारीहरु बताउछन् । डोल्पाका याक व्यवसायी निमा छेतेनले हिउँदयाममा पशुपालक तथा व्यवसायीले बिक्रीका याक तथा चौरी बर्सेनि मुस्ताङ ल्याउने गरेको जानकारी दिए । छिमेकी जिल्ला डोल्पाको उपल्लो भेक छार्काबाट याक खरिद गरी बिक्रीका लागि ल्याएका शान्ता गाउँका याक ब्यापारी छेवाङ ढिके गुरुङले यसपटक आफुले २५ वटा याक बिक्रीका लागि मुस्ताङ ल्याई पु¥याएको जानकारी दिए । उनले ४ महिना अघि डोल्पाबाट याक खरिद गरेको र त्यसपछि बयस्क बनाएर बिक्री गर्न जोमसोम ल्याएको उल्लेख गरे ।

मुस्ताङका स्थानीयबासीले भेडा च्यांग्राको भन्दा याक चौरीको मासुलाई सकुटी बनाएर खाने परम्परा छ । भेडा÷च्यांग्राको मुल्य महङ्गो पर्ने भएको र याक चौरीको मासु सस्तो ,स्वादिलो र पोषिलो हुने हुदा याक चौरीको मासु सुकुटी बनाउने प्रचलन बढेको हो ।मुस्ताङका स्थानीयले हिउँदयामको मौसममा याक चौरीको मासु तरकारीको सितन बनाएर खाने चलन रहेकाले मुस्ताङमा याकको माग बढेको स्थानीय पशुपालक भुपेन्द्र शेरचनले उल्लेख गरे । उनले हिउदयाममा अन्य तरकारीको अभाव हुने भएकाले मुस्ताङीले घरघरमा याकको सुकुटी बनाउने चलन रहेको बताए । डोल्पाको याक, चौरीहरु सुकुटी बनाउनको लागि किनमेल गरिन्छ । याकको सकुटी कोशेलीको रुपमा स्वदेश तथा विदेशमा बस्ने आफन्तजनलाई समेत पठाउने चलन रहेको उनले जनाए ।

डोल्पाको उपल्लो भाग याक पालनको पकेट क्षेत्र मानिन्छ । त्यहाका अधिकांश स्थानीय पशुपालन ब्यवसायमा आश्रित छन् । मुस्ताङमा पनि केहीले याकचौरी पालन गर्ने गरेका छन् । डोल्पाको उपल्लो भागमा याक, चौरीलाई माल सामान ढुृवानीका लागि प्रयोग गरिन्छ । मुस्ताङमा याक तथा चौरीको रगत खाने मेला लाग्छ । कोरोना भाइरसका कारण विगत ३ वर्षदेखि तिब्बतबाट भेडा च्यांग्रा मुस्ताङ नआएपछि मुस्ताङको जोमसोममा याक चौरी सजिलै बिक्री भएको छ।डोल्पाको माथिल्लो भागबाट १ साताको पैदल हिँडाएर जोमसोम ल्याइएका याक तथा चौरीको मूल्य गतवर्षको भन्दा १० प्रतिशत बढी मुल्यमा बिक्री भईरहेको छ ।

हिमाली तथा उच्चलेकको चिसो हावापानीमा हुर्केका याक चौरीले जटीबुटी सेवन गर्ने भएकाले याकको मासु स्वादिलो र स्वास्थ्यवद्र्धक हुने गर्छ । मासुका लागि याक पालन गरिने र पोथी चौरीबाट स्थानीय पशुपालकले दूध, दही, घ्यु र छुर्पी आदि तयार गर्छन । मुस्ताङमा वर्षेनी वैशाख र साउन महिनामा याक चौरीको आलो रगत खाने मेला लाग्छ । कोरोना कहरका कारण मुस्ताङमा लगातार ३ वर्षदेखि चौरीको आलो रगत खाने मेला हुन सकेन । मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङ र टुकुचे र घरपझोङ गाउँपालिकाको जोमसोममा पनि स्थानीय पशुपालक किसानले याक चौरी पाल्छन् ।उच्चलेंकमा पालन गरिएका याक चौरीको आलो रगत सेवनले दीर्घ रोग निको हुने विश्वास छ । बर्सेनि बैशाख र श्रावण महिनामा जिल्ला बाहिरीबाट उल्लेख्य सर्वसाधारण चौरीको रगत खान मुस्ताङ आउने गर्छन् ।

यातायातको असुविधा रहेको उपल्लो डोल्पाका पशुपालकले याक, चौरीलाई भारी बोकाएर खाद्यान्न र मालसमान ढुवानी गर्छन्।उनीहरुले हिउँदयामका लागि आवश्यक पर्ने खाद्यान्न ओसारपसार गर्न याक चौरी प्रयोग गर्छन् । उपल्लो भेकका डोल्पालीले वर्षेनि बर्खायाममा याकचौरीलाई भारी बोकाएर तिब्बत र मुस्ताङ पुगेर खाद्यान्न ढुवानी गर्ने गर्छन् ।
हिमाली क्षेत्रको करिब ३ हजारभन्दा माथिको उचाइमा गोठनै खडा गरेर याक तथा चौरी पालन व्यवसाय गरिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here