गाेरखामा बाबुराम भट्टराइद्वारा सँगठन सुदृढीकरण तथा जनपरिचालन अभियान सुरु

मङ्लबार, कार्तिक २३, २०७८
0
123

गोरखा  । पूर्वंप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई सँगठन सुदृढीकरण तथा जनपरिचालन  (सुज) अभियान लिएर साेमबारदेखि गोरखामा जनभेटघाट सुरु गरेका छन् । अभियान अन्तर्गत अध्यक्ष भट्टराई करिब २ साता जिल्लामा रहने कार्यक्रम तय भएको जनता समाजबादी पार्टी गोरखाले जनाएको छ । अभियानको पहिलो दिन उनले जिल्लाको गण्डकी गाउँपालिकाको घ्याल्चोक, तोरीस्वाँरा, बेनीगाउँ, रामपुर लगायत बिभिन्न स्थानमा जनभेटघाटमा सहभागी भएका छन् । २०७० सालकाे निर्वाचनमा गाेरखा निर्वाचन  क्षेत्र नम्बर १ बाट चुनाव जितेका भट्टराइ कार्यकाल सकिनु अगाडी नै राजीनामा गरेका थिए ।

निर्वाचन नजिकिदै गर्दा जिल्ला भित्र संगठनलाई मजुबत बनाउन जनभेटघाटमा पूर्व प्रधानमन्त्री डा‍- भट्टराईले जनतालाई देशको पछिल्लो राजनीतिक अबस्था र पार्टीले सञ्चालन गरेको सुज अभियानका बारेमा जानकारी गराउन सुरु गरेका हुन ।  नागरिकहरुसंगको भेटघाट तथा छलफलमा स्थानीय स्तरमा जनताले भोग्नुपरेको समस्याका बारेमा पनि पूर्व प्रधानमन्त्री  डाक्टर भट्टराईले जानकारी लिएका जसपा गोरखाले जनाएको छ ।

गण्डकी गाउँपालिकाको बिभिन्न स्थानमा साेमबार भएका भेटघाट तथा छलफल कार्य क्रममा स्थानीयबासीहरुले बूढीगण्डकी आयोजनाले बनाएको अन्यौल र ढिलासुस्तीको बारेमा पनि गुनासो गरेका थिए । गोरखमा सुरु भएको पार्टीको सुज अभियानमा जसपाका केन्द्रिय सदस्य हिसिला यमी, गण्डकी प्रदेशका उर्जा जलस्रोत मन्त्री हरिशरण आचार्य सहित जिल्ला र पालिका स्तरका नेताहरुको सहभागिता रहेको छ ।

अभियान अन्तर्गत आज सहिद लखन गाउँपालिकाको घैरुङ, नाम्जुङ, भीमसेन थापा गाउँपालिकाको बोर्लाङ, २४ गते बालुवा, थुमी र मान्वुमा जनभेटघाट गर्ने कार्यक्रम रहेको छ । साेमबारदेखि सुरु भएको अभियान मंसिर ३ गतेसम्म सञ्चालन हुने जसपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here