गोरखा । जिल्लाका ११ वटा स्थानीय तहमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएकाे छ । दुइवटा नगरपालिकासहित ९ गाउँपालिकामा कार्यालयहरु स्थापना भएकाे हाे ।
जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना विहिबार भएकाे छ । जिल्ला समन्वयकाे भवनमा गोरखा जिल्ला अदालतका न्यायाधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले कार्यालयको उद्घाटन गरेका थिए ।
बैशाख ३० गते हुने निर्वाचनका लागि बैशाख ११ र १२ गते मनाेनयन दर्ता गर्ने कार्यक्रम रहेकाे छ । जिल्लाकाे पालुङटार नगरपालिकामा गोकर्णराज पन्त, सिरानचोक गाउँपालिकामा डोलनाथ न्यौपाने, धार्चे गाउँपालिकामा निराज कुमार खत्री र चुमनुब्री गाउँपालिकामा नानीबाबु पोखरेललाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ ।

गण्डकीमा बासुदेव रेग्मी, बारपाक सुलिकोटमा शेषकान्त पौडेल, शहिद लखन गाउँपालिकामा जिवन प्रसाद आचार्य, अजिरकोटमा कमल राज भण्डारी, आरुघाटमा श्रीधर पौडेल र भिमसेन थापा गाउँपालिकामा खिमानन्द गौतमलाई खटाइएको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिए ।






