आज देखि एसइइ परीक्षा सुरु

शुक्रबार, बैशाख ९, २०७९
0
158

गाेरखा । आजदेखि देश भरी एसइइ परीक्षा सुरु भएकाे छ । विहान ८ बजेदेखि सुरु हुने परीक्षाका लागि गाेरखामा २५ वटा केन्द्र निर्धारण गरिएकाे छ । जिल्लाका चुमनुब्री बाहेक १० वटा पालिकाका विद्यालयमा केन्द्र निर्धारण गरिएकाे छ ।  धार्चेको माछाखोलामा रहेको जनजागृति मावि परीक्षा केन्द्र सबै भन्दा दुर्गममा रहेकाे केन्द्र रहेकाे छ ।

त्यस भन्दा तल भिमाेदय मावि आरुघाट, सूर्यज्योती मावि ताकुकोट, महेन्द्रलिला मावि हर्मी, संस्कृत मावि तान्द्रङ, हिमालय मावि सिम्जुङ, भगवती हिमालय मावि घैरुङ, दुल्लभ मावि घ्याम्पेशाल, भवानी मावि ठाँटीपोखरी, अमरज्योती जनता मावि लुईटेल, परोपकार आदर्श मावि जौवारी, ताङ्लिचोक मावि ताङ्लिचोक, शहीद स्मृति मावि बुङकोट, सरस्वती मावि बोर्लाङ, मनकामना मावि मनकामना, विन्ध्याबासिनी मावि नारेश्वर,महेन्द्र मावि कुन्दुर, रत्नराज्य मावि विरिन्चोक, सरस्वती मावि आहाले, शक्ति मावि पाटेचौर, महालक्ष्मी मावि लक्ष्मीबजार, ज्ञानमार्ग मावि घ्याल्चोक, महेन्द्रज्योति मावि पोखरीथोक, नवज्योति मावि डण्डीडाँडा र हिमालय मावि सौरपानीमा पनि एसईईको केन्द्र रहेका छन् ।

प्राविधिक विषयका विद्यार्थीका लागि सरस्वती मावि आहालेमा केन्द्र तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here