आरुघाटमा उपभाेक्ता जागरण कार्यक्रम

आइतवार, असार २६, २०७९
0
176

सिमा परियार

आरुघाट, गाेरखा । जिल्लाकाे आरुघाट गाउँपालिकामा उपभाेक्ता जागरण कार्यक्रम सम्पन्न भएकाे छ । उद्याेग वाणिज्य सँघ आरुघाट इकाइकाे आयाेजनामा भएकाे कार्यक्रममा गाेरखा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले उपभाेक्ता सँरक्षण एेन २०७५ र उपभाेक्ता सँरक्षण नियमावली २०७६ का बारेमा आरुघाट क्षेत्रका व्यावसायीहरुलाइ जानकारी गराएका थिए ।

व्यावसायी पनि उपभाेक्ता हाे ।  उपभाेक्ताकाे हित विरुद्ध काम गरेमा कारवाहि हुन्छ । विल विजक  राख्नु, खरिद गरेकाे मूल्यमा २० प्रतिशत नबढाइ सामग्री विक्री गर्नु, म्याद नभएका, म्याद गुज्रेका, स्वास्थ्यलाइ हानी नाेक्सानी गर्ने , हप्ता दिनमा विग्रने सामग्रीहरु विक्री गर्न नपाइने भण्डारीले बताए ।

गल्ती गरेमा थाहा छैन भनेर छुट दिन नमिल्ले भएकाले गल्ती नगर्न उनले उपभाेक्ताहरुलाइ सचेत गराएका छन् । गल्ती गरेमा ताेकिएकाे जरीवाना र जेल सजाय नियमावलीमा उल्लेख भए अनुसार हुने बताए ।

कार्यत्रःममा आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले व्यावसायीहरुले आफूलाइ उपभाेक्ता सम्झेर व्यावसाय गर्नुपर्ने बताए । साथै गुरुङले बुढीगण्डकी डुवानपिडितहरुकाे समस्या समाधानका लागि आफूसँधै जनताकाे पक्षमा रहेकाे बताउँदै जान पर्ने ठाउँमा रातदिन नभनी लागि पर्ने बताए ।

उद्याेग वाणिज्य सँघ आरुघाट इकाइका अध्यक्ष टिकानारायण श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर अधिकारी, बुढीगण्डकी सराेकार सँघर्ष समितिका अध्यक्ष दिनेश कुमार ढकाल, सहारा नेपालका अध्यक्ष हेमराज ढकाल लगायतकाे सहभागिता रहेकाे थियाे । भीमाेदय बहुमुखी क्याम्पसकाे सभाहलमा भएकाे कार्यक्रम उद्याेग वाणिज्य सँघका इकाइ सचिव उत्तम श्रेष्ठले सञ्चालन गरेका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here