गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गाेरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार मनाेनयन दर्ता गरेका छन् ।
मनाेनयन दर्ताका लागि नेपाली काँग्रेस, नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरुकाे जमघट रहेकाे थियाे ।
प्रदेश सभा क निर्वाचन क्षेत्रका लागि नेपाली काँग्रेसका सुरेन्द्र पाण्डे र ख प्रदेशका लागि फणिन्द्र देवकाेटाले उम्मेदवार मनाेनयन दर्ता गरेका छन् ।
प्रचण्डकाे प्रस्तावकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइ र समर्थकमा नेपाली काँग्रेसका गाेरखा जिल्ला सचिव किशाेरजँग थापाले हस्ताक्षर गरेका छन् ।






