आफ्नै कर्मथलाेमा उम्मेदवार हुन पाउँदा खुशी छु : प्रचण्ड

आइतवार, असाेज २३, २०७९
0
147

गोरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूले पहिले शिक्षण गरेको कर्मथलोमा आएर उम्मेदवार हुन पाउँदा खुशी लागेको बताएका छन् ।

तपाइँ चितवनको निर्वाचन क्षेत्रमा जित्ने अवस्था नभएपछि गोरखा आउनुभएको हो ? भन्ने प्रश्नमा दाहालले आफूले उर्जाशिल समय गोरखाका यीनै क्षेत्रमा विताएले यो नौलो ठाउँ नभएको बताए। मैले जनयुद्धको योजना यहीँ बसेर बनाएको हुँ । बाबुराम जी नारायकाजीको निर्वाचन क्षेत्र पनि यही हो । यहाँको ऐतिहासिक निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउँदा मलाइ खुशी लागेको छ उहाँले भन्नुभयो । अवको आर्थिक क्रान्ति सबै मिलेर सम्पन्न गर्ने उनले बताए ।

नेता दाहालले गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारका लागि मनोयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र २ को प्रदेश सभा क मा नेपाल समाजवादी पार्टीका फन्डिन्द्र देवकोटा र ख बाट नेपाली काँग्रेसका सुरेन्द्र पाण्डेले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

यसैरी नेकपा एमालेका तर्फबाट निर्वाचन क्षेत्रमा प्रत्युस कुमार मिया, प्रदेश सभा क का लागि राजु राना मगर र ख का लागि बसन्त गुरुङले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका राजेन्द्र बजगाइ प्रदेशसभा निर्वाचन क मा माओवादी केन्द्रका कृष्ण प्रसाद धिताल, ख मा नेपाली काँग्रेसका नन्द प्रसाद न्यौपानले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेको तर्फबाट सँघमा रामशरण बस्नेत प्रदेश क मा सुरेन्द्र थापा र प्रदेश ख मा मोहन भट्टराइले उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here