गोरखामा मतगणना सुरु, प्रचण्डलाइ अग्रता

सोमवार, मंसिर ५, २०७९
0
136

गोरखामा निर्वाचन क्षेत्र नम्बर २ को मत गणना सुरु भएको छ । हाल सम्म ५५० मत गणना हुँदा ३९१ मत ल्याएर गोलाकार भित्रको हँसिया हथौडाले अग्रता पाएको छ । यस क्षेत्रमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी ६९ र नेकपा एमालेका अब्दुस सलाम मिया ३३ मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को सबै मतपेटिका जिल्ला सदरमुकाम आइपुगेको छ । मत गणना स्थल निर्माण भइरहेकोले भोलि विहान ७ बजेदेखि मत गणना गरिने प्रमुख निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए ।

गाेरखा निर्वाचन क्षेत्र नम्बर १ काे मतपेटिका जिल्ला समन्वय सिमितिकाे सभाहलमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here