आँवुखैरेनी गाउँपालिका भित्रका ३१ सामुदायिक विद्यालयका कक्षाकाेठामा स्मार्ट टिभी जडान

मङ्लबार, जेष्ठ ९, २०८०
0
135

तनहुँ । जिल्लाकाे पूर्वीक्षेत्रमा रहेकाे आँवुखैरेनी गाउँपालिका भित्र रहेका ३१ वटा सामुदायिक विद्यालयमा स्मार्ट टेलिभिजन जडान भएकाे छ । पालिका अध्यक्ष शुक्र चुमानले यहाँकाे शिक्षा र स्वास्थ्यमा विशेष जाेड दिदैँ आएका बताएका छन् । पालिका भित्र रहेकाे जनप्रतिनिधिहरुले पाउने सेवाबाट शिक्षकहरु यस अघि नै विद्यालयमा पठाएकाे पालिकाले जनाएकाे छ ।

पालिकाले हाल सम्म ३८ जना स्वँसेवक शिक्षक गाउँका विद्यालयमा पठाएकाे छ । पालिका भित्र रहेकाे विद्यार्थीहरुले राम्राेसँग सिकुन आफ्नै गाउँघरमा भनेर विद्यालयका कक्षाकाेठामा स्मार्ट टेलिभिजन जडान गरिएकाे पालिका अध्यक्ष शुक्र चुमानले बताए । याे वर्षलाइ शैक्षिक सुधार वर्षकाे रुपमा लिँदै शिक्षामा गर्नुपर्ने लगानी गरिरहेकाे उनले बताए ।

विद्यालयका कक्षाकाेठामा टेलिभिजन जाेड्छु भनेकाे कुरा विश्वास नलागेकाे तर कक्षा काेठामा जाेडिएपछि शिक्षाकाे विकासमा निक्कै सहयाेग पुग्ने अपेक्षा गरेकाे अरुणाेदय आधारभूत विद्यालयका प्रधानाध्यापक डिल बहादुर मश्राङ्गी बताउँछन् । विद्यालयमा टेलिभिजन हेर्न पाएपछि विद्यार्थीहरु खुशीसाथ सँधै विद्यालय आएकाे चण्डिदेवीका प्रधानाध्यापक रामलाल विक बताउँछन् ।

पालिकाकाे सहयाेगका कारण विद्यालयलाइ अब्बल बनाउन शिक्षक साथिहरु र अभिभावकहरु सहितकाे समूह अहाेरात्र खटिने गरेका छन् , राजमार्ग छेउमा रहेकाे मेराे विद्यालयकाे शैक्षिक अवस्था अवलाेकन गर्ने आउनेहरुकाे सँख्या बढ्न थालेकाे छ, गरेका राम्राकामकाे प्रचार गरेर विद्यालयमा भीड गराउनु भन्दा पालिकाले देखाएकाे बाटाेमा अरुले पनि आफ्नै ठाउँमा सिकाे गर्नु उपयुक्त हुने चण्डेश्वरी आधारभूत विद्यालय आमडाँडाका प्रधानाध्यापक कुवेर ढकाल बताउँछन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here