ढाँडबारीमा सुन्तलाकाे प्रतिमा स्थापना

बुधबार, जेष्ठ १०, २०८०
0
148

मनकामना । जिल्लाकाे प्रसिद्ध तिर्थस्थल मनकामनाकाे  ढाँडबारीमा सुन्तलाको प्रतिमा स्थापना गरिएकाे छ । उद्योग वाणिज्य संघ मनकामना बजार इकाइद्वारा निर्माण गरिएको सुन्तलाको प्रतिमा गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ र शहिदलखन वडा नम्बर २ का वडा  अध्यक्ष सकुन थापामगरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सुन्तला पकेट क्षेत्र रहेको मनकामनाको ढाँडबारी गाउँलाई सुन्तलाकै माध्यमबाट प्रचारप्रसार गरी कृषकहरुलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नका लागि सुन्तलाकै प्रतिमा स्थापना गरिएको उवासंघ मनकामना इकाइ समितिका अध्यक्ष हरि कुमार श्रेष्ठले बताए ।

उद्योग वाणिज्य संघ, मनकामना इकाइको ६ लाखको रुपैयाँ लागतमा सुन्तलाको प्रतिमूर्ति निर्माण भएको हो । मनकामना क्षेत्र सुन्तलाका लागि देशभर प्रसिद्ध रहेको र कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्दै उनीहरुको आर्थिक स्तरमा सुधार ल्याउनका लागि प्रतिमा स्थापना गरिएको उनको भनाइ छ । उनका अनुसार व्यक्तिले बसपार्कका रुपमा दान गरेको जग्गामा सुन्तलाको प्रतिमा स्थापना गरिएको हो ।

मनकामनाकाे सुन्तला नेपालभरी चर्चित रहँदै आएकाे छ । यहाँकाे सुन्तला फागुनकाे अन्तिम महिना सम्म पनि रुखमा लटरम्म रहने गर्दछ । सुन्तलाकाे प्रतिमा निर्माण पछि पर्यटकहरु केही समय ढाँडबारीमा अड्न सक्ने अनुमान गरिएकाे छ । यसले यस क्षेत्रकाे पर्यटन विकासमा सहयाेग पुर्याउने भएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here