फागुन १, गोरखा । विगत एघार दिनदेखि हराइरहेका वारपाकका दुई किशोर मृत भेटिएका छन् । प्रहरी चौकी बारपाक र स्थानीय बासिन्दाले खोजी गर्दा उनीहरु दुबै मृत भेटिएका हुन् ।
दुवै जनाकाे शव वारपाक सुलिकोट वडा नम्वर १ को लिफ्रया भन्ने ठाऊँमा फेला परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरुको शव वारपाक गाऊतर्फ ल्याइएकाे छ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकका १६ वर्षका करण घले र साइँला घले माघ २० गतेदेखि सम्पर्कबिहिन भएका थिए । उनीहरु हिऊँ खेल्न भन्दै गाऊँबाट लाप्राक गएका थिए ।






