गोरखाका ११ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रबार, बैशाख ९, २०७९
0
166

गोरखा । जिल्लाका ११ वटा स्थानीय तहमा  निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएकाे छ ।  दुइवटा नगरपालिकासहित ९ गाउँपालिकामा कार्यालयहरु स्थापना भएकाे हाे ।

जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना विहिबार भएकाे छ ।  जिल्ला समन्वयकाे भवनमा गोरखा जिल्ला अदालतका न्यायाधिश समेत रहेका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले कार्यालयको उद्घाटन गरेका थिए ।

बैशाख ३० गते हुने निर्वाचनका लागि बैशाख ११ र १२ गते मनाेनयन दर्ता गर्ने कार्यक्रम रहेकाे छ ।  जिल्लाकाे पालुङटार नगरपालिकामा गोकर्णराज पन्त, सिरानचोक गाउँपालिकामा डोलनाथ न्यौपाने, धार्चे गाउँपालिकामा निराज कुमार खत्री र चुमनुब्री गाउँपालिकामा नानीबाबु पोखरेललाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ ।

गण्डकीमा बासुदेव रेग्मी, बारपाक सुलिकोटमा शेषकान्त पौडेल, शहिद लखन गाउँपालिकामा जिवन प्रसाद आचार्य, अजिरकोटमा कमल राज भण्डारी, आरुघाटमा श्रीधर पौडेल र भिमसेन थापा गाउँपालिकामा खिमानन्द गौतमलाई खटाइएको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here