सन्दीपको ब्याटिङमा दिल्लीको शानदार जीत

आइतवार, जेष्ठ ६, २०७५
0
126

काठमाडौँ, ६ जेठ । आफ्नो अन्तिम खेलमा दिल्ली डेयरडेविल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको दिल्लीले मुम्बइलाई ११ रनले पराजित गरेको हो । दिल्लीसँग पराजित भएसँगै मुम्बई प्रतियोगिताबाट बाहिरियो ।

पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । जवाफमा मुम्बई १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो । मुम्बइलाई सस्तैमा समेट्ने क्रममा नेपाली लेग स्पीनर सन्दीप लामिछाने नायक सावित भए । उनले ४ ओभर बलिङ गर्दे ३६ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै अमित मिश्राले पनि ३ विकेट लिएपछि मुम्बई खेलमा फर्कन असफल भयो ।

दिल्ली भने जीतका बाबजुत पनि प्रतियोगिताबाट यसअघिनै बाहिरिसकेको छ । सुरुवाती खेलमा खराव प्रदर्शननै दिल्लीका लागि प्लेअफ पुग्न पर्याप्त भएन् । यद्यपि मुम्बइको भने अन्तिम खेलमा जीत निकाल्नै पर्ने दबाब थियो । जहाँ मुम्बई असफल भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here