राष्ट्रिय झण्डा अपमान गर्ने राउतसंग मन्त्री पण्डितले मागे स्पष्टिकरण

सोमवार, बैशाख ३१, २०७५
0
247

काठमाडौँ, ३०  वैशाख । राष्ट्रिय सभागृहमा हिजो विशेष सुरक्षासाथ सुरु भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा नेकपा माओवादी केन्द्रबाट नेतृत्व गरेर गएका गृहमन्त्रीदेखि अन्य मन्त्रीहरु सहभागी भएनन ।

सत्ता साझेदार पार्टी माओवादी केन्द्रका मन्त्रीहरुको नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गरेपनि उनी स्वयम् अनुपस्थित रहे । प्रधानमन्त्री मोदीको भ्रमणमा भारतीय सेनालाई सुरक्षाका लागि बोलाइएपछि गृहमन्त्री थापामाथि समेत सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ ।

माओवादी केन्द्रबाट गृहमन्त्री रामबहादुर थापाका अतिरिक्त गिरिराजमणी पोखरेल, वर्षमान पुन, चक्रपाणी खनाल, शक्ति बस्नेत, मातृका यादव, बीना मगर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा मन्त्री रहेका छन् ।

माओवादी मन्त्रीहरु के कति कारणले समारोहमा उपस्थित भएनन् भन्ने पार्टीले औपचारिक रुपमा सार्वजनिक गरेको त छैन् तर नेताहरुले एमाले नेतृत्व र विशेषगरि ओलीको कार्यशैलीका कारण दुई पार्टीका बीचमा विश्वासको वातावरण खड्किएको बताउन थालेका छन् ।

माओवादी केन्द्का नेता देवेन्द्र पौडेलले भने ‘सरकार सञ्चालनका बिषयमा सत्तासाझेदारहरुका बीचमा कहिँ न कहि दरार आएको साँचो हो । यहि भएर सार्वजनिक कार्यक्रममा संग्र उपस्थित नहुने जस्ता कार्य देखिएका हुन् । एकले अर्कोलाई निषेध गरेर त समस्याको समाधान हुँदैन । तर सरकार संचालनका सम्पुर्ण बिषयमा हामी बीच केही गुनासो छ ।’

उर्जामन्त्री पुनलाई खबरै नगरि अरुण तेश्रोको शिलान्यास गरेपछि माओवादी रुष्ट भएको भन्ने सत्य हो उसो भए भन्ने प्रश्नमा पौडेलले भने अहिले सार्वजनिक रुपमा धेरै टिप्पणी नगरौँ तर हामीलाई निधेष गर्ने कार्य भएका छन् । हामी त्यसै चुप लागेर बस्दैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here