जाँच राम्रो होस् भन्दै समुन्द्रमा निर्वस्त्र भए विद्यार्थी

आइतवार, भदौ १०, २०७५
0
156

एजेन्सी । हिन्दू संस्कृतिमा कुनै पनि राम्रो काम गर्नुअघि शुद्ध पानीले नुहाउने चलन छ । यस्तै किसिमको चलन सेन्ट एन्ड्रयु युनिभर्सिटीका विद्यार्थीहरूमा पनि छ । मे महिनाको पहिलो दिन उत्तरी समुद्रको चिसो पानीमा बिहान साढे पाँच बजे निर्वस्त्र भएर डुबुल्की मार्दै नुहाए परीक्षामा राम्रो गर्न सकिने उनीहरूको मान्यता छ ।
अन्डर ग्राजुएट विद्यार्थीहरूले त्यसरी डुबुल्की मार्दा परीक्षा नभएका अरू साथीहरूले उनीहरूको वस्त्र संकलन गरिदिने आदि काम गरिदिनुपर्छ । स्नानपछि साँझ उनीहरू एकै ठाउँमा भेला भएर नाचगान गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here