दिल्लीबाट फर्कदै गरेका नेपाली नागरिक लुटिए

शुक्रबार, भदौ १५, २०७५
0
109

कञ्चनपुर, १४ भदौ : भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज भारतमा लुटिएका छन् । बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन् ।

“सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो” पीडित तिरुवाले भन्नुभयो, “छ महीना काम गरेर कमाएर ल्याएको भारतीय रु ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ ।” बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उहाँ घर पुग्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here