फणीन्द्र फुयाल (ज्वाला)
काठमाडौं । राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभामा जनताले निर्वाचित गरी पठाएका प्रतिनिधि (सांसद) हरुले सदनमा आवाजहरु उठाउने गर्नुपर्छ । कोही साँसद सुन्य समयमा त कोही साँसद बिशेष ससयमा जनजिबिका,जनसरोकार र राष्ट्रिय सरोकारका बिषयमा आफ्नो धारणा पेश पनि गर्ने गर्छन् ।
साँसदहरुले सदनमा आफ्नो जिल्ला, टोल, क्षेत्रका समस्या उठान गरिदिउन् र त्यसको हल होस् भन्ने आम जनताको अपेक्षा हुने गर्दछ । त्यही कारण आफ्नो मनले चिताएका र अपेक्षा गरिएका दलका नेताहरुलाई जनताले चुनावमा अत्याधिक मतदान गरी साँसदमा जिताएका हुन्छन् । तर केही साँसदहरु सदनमा चर्को भाषण गर्दै चर्चाको शिखरमा पुग्छन् भने केही सासदहरु फिटिक्कै बोल्दैनन् । कसैलाई आवाज बुलन्द परेरै अधिकार स्थापीत गर्न सकिन्छ अनि जनताको माग पुरा गर्न सकिन्छ भन्ने बिश्वास हुन्छ भने केही साँसदलाई बोलेर मात्र हुँदैन त्यसको लागि पनि समय आउनु पर्छ, कुर्न सक्नु पर्छ भन्ने मान्यता हुँदो रहेछ ।
यसै सन्दर्भमा प्रतिनिधि सभाका लागि सिन्धुली क्षेत्र नं २ को तत्कालिन नेकपा माओवादी केन्द्रबाट बिजयी साँसद तथा हाल नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेल भने चुनाव जितेर आइसकेपछि सदनमा बोलेको सुनिएको छैन । सिन्धुलीको सुनकोशी गाउँपालिका झाँगाझोली, रामटारमा स्थापना भएको रेडियो महाभारत ९०.८ मेगाहर्जको नियमित प्रसारणको उद्घाटन कार्यक्रममा बोल्दै साँसद गजुरेलले ‘सदन खसीको टाउको देखाएर कुकुरको मासू बेच्ने थलो’ भएको लेनिनको भनाई स्मरण गर्दै सदनमा साँसदहरुले उठाएको एजेण्डा सम्बोधन नभएकाले आफुले बिगत ८,९ महिनादेखि केही पनि नबोलेको बताए । उनले समृद्ध नेपाल निर्माण, रोजगारी, स्वास्थ्य, शिक्षा, सडक, सिंचाइ, कृषि, समाजिक सुरक्षा जस्ता कैयौँ विषयमा जनताका धेरै अपेक्षा भएपनि तिनको समाधानमा सरकार गम्भिर नभएको आरोप लगाए ।
साँसद गजुरेलले भने,– “जो साँसदलाई यी समस्या सरकारले सम्बोधन गर्न सक्दैन भन्ने लागेको छ र पनि सदनमा बोल्ने गरेका छन्, अनि जो साँसदलाई यो समस्या त सरकारले चाँडै समाधान गर्न सम्छ भन्ने बिस्वासकासाथ सदनमा बोलेको हुन्छ त्यो पनि सरकारले समाधान गर्न सकेको छैन ।” उनि प्रश्न गर्छन्, “अनि किन सदनमा बोल्नु ?” उनको भनाई छ, “अहिले सदनमा बोल्नुको कुनै औचित्य नै छैन,” भन्छन्, “म सदनमा बोल्ने उचित समयको पर्खाइमा छु ।”
साथै नेता गजुरेलले जिल्लामै पहिलोपटक गाउँपालिकाले रेडियो सञ्चालन गर्ने पहलकदमी गरेकोमा धन्यबाद ब्यक्त गर्दै यस रेडियोले गाउँघरमा हुने विकृति, विसंगतिहरुको अन्त्य गर्दै सुसूचित समाज निर्माण गर्नु र स्थानिय उत्पादनलाई बजारसम्म पुर्याएर जनताको जिवनस्तर उकास्न रेडियोको भुमिका हुनुपर्ने बताए ।
सुनकोशी सेवा समितिद्धारा सञ्चालित रेडियो महाभारतले तीन महिने परीक्षण प्रसारण पुरा गरी गत शनिबारबाट नियमित प्रसारण आरम्भ गरेको हो । सुनकोशी गाउँपालिका वडा नं ५ रामटारमा सञ्चालित यस रेडियोको उद्घाटन समारोहमा सिन्धुलीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु राजन दाहाल, प्रदिप कटुवाल, बिजुला बर्मा, बिनोद खड्का, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु उमा कोइराला, रमेश कार्की, ज्वाला न्यौपाने, सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल तथा सबै वडाका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सभागिता थियो ।
उद्घाटन समारोहमा सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालले आफ्नो गाउँपालिकामा जनतालाई सूचना, समाचार र सञ्चारमा सु–सूचित गराउनका लागि गाउँपालिकाले रेडियो सञ्चालन गरेको र संविधानले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाको सहयोगमा रेडियो सञ्चालन गरेको बताइन् ।
यस रेडियो स्थापनाले सुनकोशी गाउँपालिका मात्र नभई जिल्लाकै सञ्चार क्षेत्रको विकासमा टेवा पुर्याउँनको लागि मद्धत पुगेको सुनकोशी सेवा समितिका सदस्य प्रमोद दाहालको भनाई छ ।
सुनकोशी सेवा समितिका अध्यक्ष मिनकुमार दाहालले आफुहरुले सुनकोशी गाउँपालिका र सिन्धुली जिल्लाको विकास र समृद्धिक लागि रेडियोको स्थापना गरेको बताए । रेडियोको माध्यमबाट सुनकोशी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन र पर्यटन प्रवद्र्धनका साथै कषि, कला, संस्कृतीमा आदिमा फड्को मार्ने लक्ष्ये लिएको बताए ।
प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजन दाहालले बिगतमा रेडियो लगायतका सञ्चारका माध्यमहरु पुँजिपति वर्गले उनीहरुको राजनीतिक ब्यापारिक स्वार्थ अनुरुप चलाउने गरेको र सहि सुचना र समाचार सम्प्रेषणहरु कमै मात्र हुने उल्लेख गर्दै रेडियो महाभारतले सत्यतथ्य सूचना, समाचार सम्प्रेषण गर्दै जनताको पक्षमा दृढताका साथ उभिनका लागि मद्दत पुग्ने बिस्वास ब्यक्त गरे ।
नेपाल पत्रकार महासंघका पूर्व सभापति राजकुमार कार्कीले रेडियोले समाचार, सूचना र मनोरञ्जनका माध्यमबाट जिल्लाको सुनकोशी क्षेत्रको मात्र नभई सिन्धुली र छिमेकी जिल्लाहरुलाई पनि सेवा पुर्याउने छ भन्ने बिश्वास ब्यक्त गर्दै सफलताको शुभकामना प्रदान गरे ।
सामुदायीक रेडियो प्रसारक संघका उपाध्यक्ष निमेश कर्णले समूदायीक रेडियोहरु समूदायप्रति जिम्मेबार हुँदै समाजिक समस्या उठान र तिनको समाधानमासमेत उत्तिकै जिम्मेबार हुनु पर्ने भन्दै समाज रुपान्नतरणको आगामि यात्रामा रेडियो महाभारको ठूला अपेक्षा रहेको बताए ।






