गण्डकीमा ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुधबार, भदौ १०, २०७७
0
210
गण्डकी प्रदेशमा रहेका जिल्लाहरू ।

भदाै १० पाेखरा ।

गण्डकी प्रदेशमा बुधबार ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  प्रेस विज्ञप्ती जारी गरेर ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको हो ।

आज विहान ७ः१५ बजे जारी गरिएको विज्ञप्तीमा प्रदेशको ३ जिल्लाको २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको थियो। जसमा लमजुङको २० जना पुरुष नवलपरासीको १ जना महिला र कास्की २ जना पुरुष रहेका थिए।

लमजुङका २० मध्ये १७ जना पुरुष नेपाली सेनामा कार्यरत छन्। एक जना ग्लोबल आइएमई बैकका कर्मचारी रहेका छन्।
अाज  पुनः ८ः२० बजे अर्को विज्ञप्ती जारी गर्दै २ जिल्लाका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। पुनः थपिएका संक्रमितहरु नवलपरासीको ६ जना र लमजुङका ३ जना रहेका छन।

लमजुङका ३ जना संक्रमित नेपाली सेनामा कार्यरत छन्।  लमजुङमा संक्रमित नेपाली सेनाको संख्या २० पुगेको छ।
हालसम्म प्रदेशभर संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ। संक्रमितमध्ये १ हजार ६ सय ४३ जना निको भएर घर फर्किसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here