सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक

शुक्रबार, भदौ १२, २०७७
0
265

 

भाद्र १२

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको दुई वर्ष भयो। २०७५ साउन १० गते निर्मलाको बलत्कार पछि हत्या गरिएको थियो। उनको शव अर्को दिन उखु बारीमा फेला परेको थियो।

भीमदत्तनगरपालिका–२ उल्टाखामकी यी बालिकाका हत्याराको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन। हालै एउटा ह्याकर समूह द्वारा न्याय माग्दै सर्वोच्च अदालतको बार एशोसिएसनको वेबसाइट ह्याक भएको छ । ‘ह्यारी_१३३७’ द्वारा सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक गरिएको छ ।

भारतीय ह्याकरको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै सर्वोच्च अदालत बार एशोसिएसनको वेबसाइट ह्याक गरेको जनाएको छ ।

जस्टिस फर निर्मला भन्दै अहिले सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ, हामी निर्मला पन्तको न्याय चाहन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here