गाेरखाकाे शहिद लखनमा बजेट अभावले एक घण्टा डाेजर चलेन

आइतवार, भदौ २१, २०७७
0
152
साँकेतिक तस्वीर

भदौं २१, गोरखा ।

बजेट अभावका कारण शहिद लखन गाउँपालिककाे वडा न‌‍‍ ९ स्थित स्वास्थ्य चाैकीमा जाने बाटाे बनाउने काम राेकिएकाे छ ।   गोरखाको शहिद लखन गाउँपालिका–९ मा रहेको नाम्जुङ्ग स्वास्थ्य चौकीसम्म पुग्ने सडक गएको डेढ महिनादेखि अबरुद्ध हुदा पनि मर्मत हुन नसकेको हाे। सडक अबरुद्ध लामो समय भइसक्दा पनि सडकको पहिरो हटाउन कसैले चासो नदिएपछि स्वास्थ चौकीमा उपचारका लागि पुग्ने बिरामी र आफन्तले सास्ती खेप्नु परेको छ । ‘बाटो अबरुद्ध छ, स्वास्थ्य चौकीसम्म एम्बुलेन्समा बिरामी पुर्याउन सक्ने अबस्था छैन, पहिरो हटाउन न वडा कार्यालयले चासो दिन्छ न गाउँपालिकाले ।’ एक स्थानीयले भने ।

अबरुद्ध सडकका कारण स्वास्थ्य चौकीसम्म मोटरसाइकल समेत पुर्याउने अबस्था नरहेको स्थानीयले बताएका छन । उनले भने, ‘टाढाबाट बिरामीलाई एम्बुलेन्समा वा मोटरसाईकलमा राखेर ल्याएपनि जव स्वास्थ्य चौकी नजिक आइपुग्छ अनि बिरामीलाई हिडाएर, काँधमा बोकेर कसरी हुन्छ स्वास्थ्य चौकीसम्म पुर्याउनु पर्र्ने बाध्यता छ ।’ पहिरोका कारण अबरुद्ध सडक मर्मतका लागि वडा कार्यालय र गाउँपालिकालाई पटक पटक आग्रह गर्दा पनि कसैले चासो नदिएको स्वास्थ्य चौकीका प्रमुख लक्ष्मी श्रेष्ठले बताइन ।

‘साउनको पहिलो हप्तामा परेको पानीले सडकमा पहिरो खसेको हो, उनले भनिन, धेरै समय र खर्च लाग्ने अबस्था पनि छैन तर पहिरो हटाउन सम्बन्धित निकायले ध्यान नै दिएको छैन ।’ बाटो अबरुद्ध हुदा स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामी र आफ्न्तहरुबाट आफुले गाली खानु परेको प्रमुख श्रेष्ठले गुनासो छ । ‘नागरिकहरु तपाई किन निदाएर बसेको भन्नुहुन्छ, मैले के जबाफ दिने, श्रेष्ठले भनिन, ‘सम्बन्धित निकायलाई भन्दा सुनुवाई हुदैन अनि मैले कसरी हटाउने ।’

नाम्जुङ स्वास्थ्य चौकीमा एम्बुलेन्समा स्वास्थ्य चौकीसम्म बिरामी लिएर पुग्ने दुई वटा सडकबाटो भएपनि अहिले दुवै सडक बाटो अबरुद्ध छ । ‘स्वास्थ्य चौकी भवन पछाडी पनि पहिरो खसेको छ त्यसले भवनलाई नै जोखिम बनाएको छ, । भवन पछाडीको पहिरो नहटाएपनि कम्तीमा स्वास्थ्य चौकी आउनेबाटो त हटाइदिनुहोस् भनेर मैले पटक पटक वडाध्यक्ष र गाउँपालिकामा भनेको छु तर काम भएको छैन ।’
पहिरो स्वास्थ्य चौकीको भवन नै जोखिममा परेको प्रमुख श्रेष्ठको भनाई छ । ‘गाउँपालिकाबाट अनुगमनका लागि अध्यक्ष उपाध्यक्ष सहितको टोली पटक पटक पुगेका छन् । तर स्वास्थ्य चाैकीमा जाने बाटाेका अवस्थामा कुनै सुधार भएकाे छैन ।  प्राबिधिकको टोली पठाएर मर्मतको काम अगाडी बढाउछौ भनेर उनीहरु गएपनि प्राबिधिकको टोली बाटाे अवस्था  हेर्न याे समाचार तयार गर्दा सम्म गएकाे छैन ।’

अबरुद्ध पहिरो हटाउन बढीमा एकडेढ घण्टा भन्दा बढी समय नलाग्ने भएपनि सम्बन्धित निकायले चासो नदिदा स्वास्थ्यचौकीमा उपचारका लागि पुग्ने बिरामीहरुले भने हैरानी खेप्नु परेको छ । सोही ठाँउमा बर्षाका कारण अबरुद्ध अन्य सडकहरु मर्मत भइसक्दा पनि संबेदनशिल ठाउँको सडक मर्मतमा भने वडा र गाउँपालिका चासो नदिएको स्थानीयको गुनासो गरेका छन् । बिशेष गरि रातको समयमा सुत्केरी गराउन र अन्य सिकिस्त बिरामी ल्याउदा उनिहरुले बढी दुःख खेप्दै आउनु परेको छ ।

वडाध्यक्ष रामप्रसाद लामिछानेले भने सडकमा खसेको पहिरो हटाउन पहल भइरहेको बताए। ‘पहिरो गएको सडकको तल माथि पनि सडक छ, त्यसैले नसुक्दै माटो हटाउदा माथिबाट माटो बग्नसक्ने भएकाले नहटाइएको हो, उहाँले भन्नुभयो, अहिले एउटा मेसिनलाई काम गर्न भनिरहेको छु ।’ वडाध्यक्ष लामिछानेले एम्बुलेन्स स्वास्थ्य चौकीसम्म एम्बुलेस मात्र आइपुग्ने गरि पहिरो हटाउन एकदेखि डेटघण्टा मात्र लाग्ने कुरा सत्य भएको बताए ।

उनले भने ‘डोजर नै आइदिएन भने त दाँतले कोर्पने कुरो भएन, , सोमबार बेलुकीसम्म डोजेर ल्याउछु भनेको छ ल्याइदियो भने त्यो काम गरेर मात्र अरु काम थाल्छौ ।’ वडा भित्रको अन्य बाटाे क्षेत्रमा करिब ९० घण्टा लगाएर पालिकाले ताेकेकाे प्राथमिकता अनुसार सफा गर्ने काम भइसकेको छ । उक्त पहिराे हटाउन बजेट स्विकृति लिनुपर्छ प्राविधकहरु आउनुभएकाे छैन।’ वडाध्यक्ष लामिछानेले स्वास्थ्य चौकी पछाडीको पहिराले भवन जोखिममा परेको स्विकार गर्दै उक्त पहिरो पनि तत्काल हटाउने बताए ।

शहिद लखन गाउँपालिका क्षेत्रमा जनतालाइ सुविधा हुने क्षेत्र भन्दा पनि वडा अध्यक्षका गाउँघर पार्टीका नेताहरु हिड्ने क्षेत्र तिरकाे बाटाेलाइ प्राथमिकता दिएर काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा इस्टिमेट गर्न आफूहरु जान नसकेकाे एक प्राविधिकले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here