पालुङ्टार नगरपालिकाले १० काम गरेन : नेकपा

मङ्लबार, भदौ २३, २०७७
0
147
भदौ २३ पालुङटार ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पालुङटार नगर  कमिटीले कोभिड मारमा परेका वर्गहरुलाई न्यायोचित राहत वितरण  हुन नसकेको भन्दै  नगर प्नमुखलाइ १० बुँधे ज्ञापनपत्र बुझाएकाे छ। सरकारले गर भनेकाे १० काम नगरपालिकाले नगरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।
कोरोना संक्रमणको जोखिम समुदाय स्तरमै देखि सक्दा पनि नगरपालिकाले नमुना परिक्षणमा उचित ध्यान नदिएको भन्दै नगर कमिटीले नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे हाे ।
पार्टी नगरकमिटीका अध्यक्ष विवस चिन्तन सहितको टोली नगरपालिकाका प्रमुख दिपकबाबु कंडेललाई ज्ञापन पत्र मार्फत तत्काल नमुना परिक्षण दायरा बढाउन माग गरेकाे छ ।
‘कोभिड संक्रमण नियन्त्रका लागि नगरपालिका भित्र स्थापना भएका क्वारेन्टिन व्यवस्थित छैन, ज्ञापन पत्रमा भनिएको छ, आँपपिपल हस्पिटलमा बनाइएको भनिएको आइसोलेसन प्रचारमा मात्रै सिमित राखिएको छ ।’
त्यस्तै कोरोना भाइरसको बर्तमान संक्रमणको व्यबस्थापनका लागि नगरपालिकाले सर्वपक्षीय रुपमा अहिले सम्म कुनै पनि योजना निर्माण नगरेको भन्दै नेपाल सरकारको उच्चस्तरीय समितिको मापदण्ड अनुसार नै समिति गठन प्रक्रिया अगाडी बढाउन नेकपाले माग गरेको छ ।
‘नगरपालिकाले संक्रमणका कारण समस्यामा परेका नागरिकहरुको राहातका पु¥याउन ध्यान पु¥याउनु पर्छ ।’ त्यस्तै स्थानीय सरकार गठन पश्चात हालसम्म बजेट सार्वजनिकीकरण समिक्षा जस्ता जनतालाई सुसूचित हुने कार्यकम नगरपालिकाले नगरेको भन्दै आलोचना नेकपा नगरसंगठन कमिटिले आलोचना गरेको छ ।
‘आर्थिक बर्ष २०७७/०७८ का लागि नगरसभा सम्पन्न अहिलेसम्म सम्पन्न हुन सकेको छैन, पत्रमा भनिएको छ, ‘यसले गर्दा हालसम्म बजेट बिनियोजन हुन सकेको छैन।’ त्यस्तै नगरपालिकामा रहेको एकमात्र हस्पिटल आँपपिपल हस्पिटललाई सामुदायिकको नाममा समानान्तर रुपमा अगाडी लैजाने कुरामा बढावा दिए पनि त्यसको संचालन व्यबस्थापन साथै पारदर्शिताको बारेमा नगरपालिकाले कुनै ध्यान नदिएको नेकपाले बताएको छ ।
स्वआर्जन लगायत बिभिन्न नाममा गरिएको अनुदान वितरण बिना मापदण्ड गरिएको र सोको वितरण प्रक्रियामा अनिमियतता भएको पाइएको नेकपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
त्यस्तै नगरपालिकाका हरेक खरिद प्रक्रिया सार्वजनिक खरिद नियमावली भन्दा बाहिर रहेर गरिएको अरोप समेत सो पार्टी कमिटीले लगाएको छ । बिज्ञप्तीमा नगरपालिका मातहत रहेका सवारी साधनहरु गाडी, मोटरसाइकल व्यक्तिगत प्रयोजनमा दुरुपयोग भएको पाइएको भन्दै तत्काल रोक्न माग गरिएको छ ।
हेर्नुहाेस विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here