पीडा थपिदैछ लगातार आमा मलाई
यो जिन्दगिनै लाग्छ बेकार आमा मलाई
समय साथि र सम्बन्ध टाढा हुदैछन्
तस्बिर भयो बाच्ने आधार आमा मलाई
हौसला सहानुभुति पाइन कहिलै पनि
हेर्नुछैन अब यो संसार आमा मलाई
जुन दिन छोडेर जानुभयो हजुरले
न दशै आयो न तिहार आमा मलाई
आजित भैसके म यो मतलवी मान्छेसंग
हजुरसंगै आउनेछ बिचार आमा मलाई
दुर्गा मन्दिर
अछाम






