गीतकार दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको संगितमा रहेको ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर रहेकोे छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो ।
यस गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन् । डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।
भिडियो हेर्नको निम्ति तलको लिन्कमा क्लिक गर्नुहोला ।






