पत्थर रहेछन यार तिम्रो त्यो मुटुमा पनि
पग्लिए न आखिर यसरी सम्झाउँदा पनि
जस्लाई मैले हेर्दा मात्र बहुत नराम्रो लाग्छ
उसैलाई हेरि रहन्छन् यि मेरा आँखा पनि
चिन्ता लाग्दैन थियो बरु म मृत्यु मा पुग्दा
बिरामि पर्नु हुन्छ आमा र कहिले बा पनि
आउछन वर्षाद बनेर आउछन् बेला बेला
रोकिदैन रोक्दा कत्ति आँसु का थोपा पनि
मनले चाहेको इच्छा पुरा नभएनि के भयो र
दुनियाँ सफर गर्छन मित्र रहरहरु ले मेरा पनि
मेरो पीडामा टुलुटुलु हेरि रमाउछौँ तिमीले
सत्रु ले त आशु झार्छन् बरु जाने बेला पनि
आरती वड ( आरु )
अछाम साँफेबगर ११
हाल : काठमाडौं






