गजल

मङ्लबार, भदौ ३०, २०७७
0
190

अमिलो पनि लागेकै थिएन, खासै नुनिलो थिएन,
अहँ! चटपटे जति पनि हाम्रो प्यार स्वादिलो थिएन।।

गोठालोमा आँखा मात्र जुधेका हुन् ,बाले भन्नुभयो,
केटा उस्बेलाको माया-पिरिम त्यति सजिलो थिएन।।

प्यार झुलाएकी हो, मलजल उसैले गरेकी हो,
दिल यो रुखो बगैंचा थियो कत्ति मलिलो थिएन।।

दु:खमा मुस्कुराउन जानेकी छु भनेरै आएकी हौ,
सम्झाउनेले सम्झाएकै थिए, केटो गतिलो थिएन।

टाउको काधमा अड्याएर हात सुम्सुम्याउदैथिन् ,
र, दुबैले दुबैलाई हेर्दैथियौं,पोखरी धमिलो थिएन।।

योगेश दाहाल
भोजपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here