गजल

मङ्लबार, भदौ ३०, २०७७
0
209

सबैले ढोग्ने मान्छेको शिरमा पर्यौ भाग्यमानी रहिछौ
फुल सम्झेथेँ गलत सम्झेँछु तिमी त खरानी रहिछौ

तिमी भित्रिना साथ उस्ले घर छोड्यो देश छोड्यो
दुलही रहेनछौ उस्को लागि पनि राहदानी रहिछौ

हरेक चिजहरुको महत्त्व गुमाएपछी थाहा पाइन्छ
तिमिलाई गुमाएरै हो म भात भएको चौलानी रहिछौ

तिम्रो स्वच्छता देखेर बाधेर राख्न खोजेको थियँ
मैले हारेँ तिमी बगेरै छोड्यौ गंगाको पानी रहिछौ
राजा रावत
प. वि. न.२ अछाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here