काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २४६ जनामा कोरोना संक्रमित फेला परेका छन् । १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । पछिल्लाे २४ घण्टा काेराेना भाइरसका कारण थप चार जनाकाे ज्यान गएकाे छ । यससँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या ३८३ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । त्यस्तै आज एक हजार २४३ जना काेराेना मुक्त भएका छन् । हालसम्म काेराेना मुक्त हुनेकाे संख्या ४२ हजार ९४९ पुगेकाे छ । 






