मुटुको चिराचिरा बनाएर चेहराको कालो छाला बनाएर
कस्तो ओलम्पिक चल्दै छ,छातीको रंगशाला बनाएर
आफ्नै जीवन सल्कायौ,समाजले मूर्ख घोषणा गर्यो
यी झिना मसिना कुरामा तिमीले मन ज्वाला बनाएर
न त तिमीले सुबिधा पायौ , न त तिमीले जस पायौ
ए गाउँ , भुँडीको सम्मानमा यति धेरै माला बनाएर
घमासान युद्द चलिरह्यो खुल्दुली र जिन्दगी बिचमा
जहाँ, खुसीले खुकुरी बनाएर, रहरले भाला बनाएर
ए छिमेकी तिमीले अन्याय माथि अन्याय गरेका छौँ
मेरो बिधुवा आमाको अगाडि सुनको बाला बनाएर
✍️नरेन्द्र (बिष्ट समाकुल) ,
बझाङ , सुनकुडा






