अछाम बाट मीन बाब्लि मिलन को मन छुने गजल

शनिबार, असाेज ३, २०७७
0
195

‌अभावले भोक खायो अघाउन सिकायो
यो जिन्दगी हर रात फुटपाथमा निदायो

दौडिदै समयले एक क्रान्ति हो भन्यो
मसाल बोक्दै सपनाले रहरहरु जलायो

बगर छेउमा थियो घर त्रिपाल ओडेको
मध्यरातमा आयो बाढी सर्वस्व बगायो

उघारेर पर्दा चिहाई हेर्ने सुन्दरीले
मलाई तस्बिर पठायो गुलाब पठायो

चँन्द्रमामा घर बनायो रहरहरुले पनि
मेरा एकथरी चहानाले गन्तव्य भेटायो

मिन बाब्ली मिलन
अछाम गजल मञ्च सचिव
प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश सदस्य
साँफेबगर नगरपालिका १३ बाब्ला, अछाम
bablimilan9@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here