गाेरखा । नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनः नियुक्तिको माग गर्दै केही दिनदेखि संघिय राजधानी काठमाडौं उपत्यका सहित देशका विभिन्न ठाउमा भैरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएकोे छ । नेपाल सरकारले मलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु ।
प्राधिकरणको कार्यकारी निर्देशको नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवॅ स्वाभाविक प्रकृया भएकोेले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नै सम्पूर्ण अधिकार नेपाल सरकार मा निहित भएकाले यस बिषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।
विश्वब्यापि रूपमा फैलीएकोे कोभिद -19 का कारण नेपालमा पनि अक्रान्त भएकोे बेला मलाई प्राधिकरण को कार्यकारि निर्देशक मा निरन्तरता दिनु पर्ने भन्ने माग राखी माहामारि संवेदनशील अबस्था मा सडक मा भिडभाड गरी प्रर्दशन नगरी दिनु हुन सबै लाई हार्दिक अनुरोध गर्दछु ।






