चन्द्रावति अधिकारी को मन छुने गजल

शनिबार, असाेज ३, २०७७
0
210

ठाँटिएरै हिड्छन् काेही लुटाएर अरु ,
भित्रभित्रै रमाउँछन् कुटाएर अरु।

आखा छाराे हाल्न फेरि तिनै सिपालु छन्।
जाेड्न खाेजे जस्ताे गर्छन् फुटाएर अरु।

पटक पटक लिनेगर्छन् अग्नि परीक्षा लाै
रामसीताकाे जाेडीलाई छुटाएर अरु।

जानजानकाे अपराधी लुकाउँछन् फेरि,
बचाउँछन् झुटै फेरि नि खुटाएर अरु।

आश्रयमा राख्छन् काेही खाेजीखाेजी यहाँ,
असिना र  पानीले झैँ चुटाएर अरु।

चन्द्रावती अधिकारी
लमजुङ ,दुराडाडा हाल काेहलपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here