हेर्नुछ यो दुनियाँमा को को जाली रहेछन् ।
धनकै कारण इज्जत किन फाली रहेछन् ।।
श्रीमानले खाडी मुलुकमा बर्षौ बर्षदेखि ।
आफ्नो प्रियसिको प्यार सँगाली रहेछन् ।।
सीप छैन जागिर छैन बेरोजगारी युवाहरु ।
चोक-चोकको भट्टि तिर बराली रहेछन् ।।
सोझो सिधालाई भड्काउने दौड धुपमा ।
मान्छेले मान्छेलाई माथी उचाली रहेछन् ।।
राेजगारी छैन आफ्नै देशमा केहि गरी खान ।
युवाहरु परदेशमा पसिना पखाली रहेछन्।
रमेश संयोग श्रेष्ठ
मोरङ , उर्लाबारी
हाल :- रियाद , साउदी






