रवि रोदन को मनछुने गजल

आइतवार, असाेज ४, २०७७
0
180

राति राति मेरो निद्रा बिथोली जान्छन् ।
जादा सपनाहरु पनि नबोली जान्छन् ।।

बिझाउँदैनन् आँखामा राखे पनि कोही ।
कोही भने मनमा विष घोली जान्छन् ।।

न त जिउन सकिन्छ न त मर्न सकिन्छ ।
जब मुटुचिरी वचनका गोली जान्छन् ।।

लोभको भाडो पनि कहिल्यै नभरिने ।
संसार त्याग्दा सबै मुठीखोली जान्छन् ।।

आखिर खरानी नै र छ जिन्दगानी है !
र त आफ्नैले चितामाथी पोली जान्छन् ।।

रवि रोदन,,                                                सु,प,कैलाली !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here