नेपालगञ्ज बाट इन्दिरा को मन छुने गजल

सोमवार, असाेज ५, २०७७
0
196

उसले बाटोमै हराएको कहानी छ म संग ।
रुमाल पोको पठाएको कहानी छ म संग ।।

हेर मुटु दिन्छु भन्ने हरु त रुवाउदै जान्छ्न ।
जब कसैसग बचाएको कहानी छ म संग ।।

कसैको आँखा न लागोस भन्दै दिनु भएको
गाजल लगाउदै लजाएको कहानी छ म संग ।।

यादहरु बाकी राखी प्रदेशी ले घर छोडदा ।
बिदाइमा आँसु बगाएको कहानी छ म संग ।।

रुदै शिर सजाउन नपाए पनि मनमा राख्ने ।
तिम्रै हु म भन्दै फकाएको कहानी छ म संग ।।

इन्दिरा आचार्य
नेपालगञ्ज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here