चीनकाे सिमाना पुग्ने वेनिघाट लार्के सडक खण्डमा भीरबाट लडेर २० वर्षिय युवककाे मृत्यु

सोमवार, असाेज ५, २०७७
0
179

गाेरखा । जिल्लाकाे  धार्चे गाउँपालिका वडा नम्वर  १ केराैँजा दोभानका २० वर्षका दिपक गुरुङकाे भीरबाट लडेर मृत्यु भएको छ ।  सेनाको नेतृत्वमा चीनकाे सिमा सम्म ट्र्याक खोल्ने काम भैरहेको छ । यतिबेला बाटाे सिर्दीवास पुगकाे छ ।

बेनीघाट लार्के सडक अन्तर्गत धार्चे ३ को लाक्पाल वस्ती नजिकको भीरबाट काम गर्ने क्रममा  गुरुङ चिप्लिएर लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी असोज ४ गते दिउसो २ बजेतिर भीरबाट लडेका  माछा खाेला प्रहरी चाैकीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here