Home समाचार अक्सिजन नलिएर १० पटकसम्म सगरमाथा चढेका हिउँ चितुवाकाे काठमाण्डाैमा निधन
काठमाण्डाै । विना अक्सिजन १० पटकसम्म सगरमाथा चढेका आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको साेमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सोलुखुम्बुको थमोमा जन्मिएर हिउँ चितुवाको उपनाम पाएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । उनकाे आज अन्त्यष्टि गरिने उनकी छाेरीले बताएकी छन् । शेर्पा पछिल्लाे समय छाेरीकाे घरमा बस्दै आएका थिए ।