काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओली बीचको छलफल आज पनि निष्कर्षमा पुग्न सकेको छैन । दुइ अध्यक्ष वीच मन्त्री मण्डल हेरफेरका विषयमा घम्साघम्सी परेकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल निष्कर्षमा नपुगेको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्षद्वयबीच निरन्तर संवाद भए पनि सहमति जुट्न सकेको छैन । दुइ अध्यक्ष वीच कटाक्ष छ ।
प्रधानमन्त्री ओलीले तीनवटा मन्त्रालय फुटाउने, राज्यमन्त्री हटाउने ६ जनामात्रै नयाँ मन्त्री राख्ने याेजना अघि सारेका छन् । अर्का अध्यक्षा प्रचण्डले समग्रमा पुनर्गठन गर्न दुई वर्षको मापदण्ड लागू गर्नुपर्नेमा बताएका छन् । अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनमा फेरि छलफल गर्ने तयारी रहेको बालुवाटार स्राेतले जानकारी दिएकाे छ ।






