गाेरखामा पाँच जना काेराेना स‌ङ्क्रमित थप

बुधबार, असाेज १४, २०७७
0
115

असाेज १४ गाेरखा । गोरखा बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको गोरखा र पालुङटार नगरपालिका तथा आरुघाट र सिरानचोक गाउँपालिकामामा ५ जनामा कोरोना संक्रमण देखिएको  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टी गरेको हो । संक्रमण भएका मध्ये आरुघाटमा २ जना र गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा १/१ मा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार संक्रमण भएका ५ जना पुरुष हुन । संक्रमित मध्ये आरुघाट गाउँपालिकामा बिरगञ्जबाट घर निर्माणका लागि आएका २ जना मजदुर र पालुङटार नगरपालिकामा बिरगञ्जबाट नै आएका फर्निचरमा काम गर्ने मजदुर भएको पुष्टी भएको छ । संक्रमण देखिएका मध्ये गोरखा नगरपालिका १२ का नेपाल प्रहरीमा कायरत भएको पुष्टी भएको छ ।

त्यस्तै गरी सिरानचोक १ जना पुरुष भने स्थानिय भएको बुझिन आएको छ । यो सहित गोरखामा कुल संक्रमितको संख्या २८१ पुगेको छ । जस मध्ये जिल्ला स्वास्थ्य कार्यालय गोरखाले स्वाब संकलन गरेर पठाएको २४९ जना र बाहिरी जिल्लाका स्वाब दिएर संक्रमण देखिएका ३२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here