भुम्लिचोक, १४ असोज
गोरखा गण्डकी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट नीति तथा कार्यक्रम पारित भएको छ। गाउँपालिकाको बुधबार भएको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७/०७८ को बजेट नीति तथा कार्यक्रम पारित गरेको हो।
सभाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि ५७ करोड ४२ लाख रुपैयाँको बजेट पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङले जानकारी दिए । साथै गाउँपालिकाको नीति तथा कार्यक्रम पनि पारित भएको उनले बताए ।
गत असार मसान्त भित्रै पारित हुनुपर्ने बजेट गाउँपालिका केन्द्र विवादका कारण गाउँसभा हुन नसक्दा चालू आर्थिक वर्षको साढे २ महिना पछि निति तथा कार्यक्रम पारित भएको हो।






