सुरेश कुमार पाण्डे क‍ो पाँच मुक्तक

मङ्लबार, असाेज २०, २०७७
0
232

(1)
संघियता देशको लागि जञ्जाल भयो,
एक आर्का को लागि महा काल भयो।
आयो बिदेशीहरुकै ईसारामा देश भित्र,
सुखः शान्तिको देशमा अनिकाल भयो।
(२)
राज धानी जता बनेपनि कुनै सार छैन,
यो देशमा रोजगारीको कतै आधार छैन।
लडेका छन राजधानीको लागि नेताहरु,
देश जनताको हित ईनको ब्यबहार छैन।
(३)
देशलाई आत्म निर्भर बनाउँनु काहा छ काहा
युवाहरुले पौरख यँहा खनाउँनु काहा छ काहा
नेताहरु राजधानी को लागि लडेका छन,
देशलाई अखण्ड राष्ट्र जनाउँनु काहा छ काहा
(४)
आफुलाई बलिया ठान्नेले देश जोगाउँ है,
यो देशकै कर्णधार मान्नेले देश जोगाउँ है।
नलड आपसमा बरु संघियता लाई फाल,
राष्ट्रको मुहार फेर्न जान्नेले देश जोगाउँ है।
(५)
जनतालाई महेङ्गी ले मारेको देखि राछौँ,
संघियताले आपसमा नारेको देखि राछौँ।
युवाहरुको लाश आउँछ रातो बाकस मा,
जनता लाई बिचिल्लि पारेको देखि राछौँ।
सुरेशकुमार पान्डे।
दाङ, घोराही
हाल भारत।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here