रामकृष्णको ‘अधर’ मा विष्णु र रोश्ना

सोमवार, कार्तिक ३, २०७७
0
268

काठमाडौं  । गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘अधर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुबसु) का शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।

भिडियोमा विष्णु खरेल र रोश्ना कार्कीको अभिनय रहेको छ । रोश्ना बेलायतकी स्थापित मोडल हुन् । रोश्नाले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् भने बिष्णुको यो डेब्यु भिडियो हो ।

कुशल श्रेष्ठको निर्देशन, छायाँकन र  सम्पादन रहेको भिडियोमा लण्डनका ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानका दृश्य देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here