खेलाडिकाे समस्या बुझेकाे छु, सबैकाे सहयाेग लिएर समाधान गर्छु : हरी खड्का

मङ्लबार, कार्तिक ४, २०७७
0
136

 कात्तिक ४, काठमाण्डाै । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफ खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसंग बुझेको बताएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्ना उपाध्यक्ष खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा मंगलबार आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा खड्काले सो कुरा बताएका हुन् ।

विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएका खड्काले यतिबेला देशको खेलाडिकाे प्रतिनिधित्व गर्दै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् ।  खेलाडिको पीडा बारे  राम्रोसंग जानकार रहेका राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका सदस्य खड्काले भने– ‘खेलाडीको पीडालाई सही ठाउँमा राख्न म हरदम प्रयासरत रहने छु । सबैको साथ र सहयोग पाए मात्र त्यो सम्भव छ ।’

खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्राथमिकता रहेको बताउदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेलक्षेत्रमा केहि गर्ने अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद दिए ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खड्को नियुक्तिले सिंगो खेलाडी जगतले गर्वको अनुभूति गरेको बताउदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पुर्याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए । उनले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसंग अनुरोध गरे ।

खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघ मात्र नभइ सारा नेपाली खेलाडीलाई खुशी तुल्याएको धारणा व्यक्त गरे ।

खड्कालाई गत असोज २९ गतेको मन्त्रीपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन् । खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका छन् । उत्ती नै गोल निराजन रायमाझीको नाममा पनि छ । खड्का नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्व प्रशिक्षक पनि हुन् । नेपालमै गत मंसिर १५ देखि २४ गतेसम्म भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि खड्काले प्रशिक्षकबाट राजीनामा दिए थिए । खड्का अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख पनि हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here