कात्तिक ५, गाेरखा । शहिद लखन गाउँपालिका मनकामनामा १५ जना सहित गाेरखामा आज २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको शहिद लखन गाउँपालिका भित्र मात्र थप २० जनामा कोरोना संक्रमणको पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै आरुघाट गाउँपालिकामा १ जना, बारपाक सुलिकोट गाउँपालिकामा १ जना र गण्डकी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण भेटिएको निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए ।
शहिद लखन गाउँपालिकाको मनकामना क्षेत्रमा एकैदिन ठूलो संख्यामा संक्रमित भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए । वडा नम्बर ६ घैरुङमा ५ जनामा संक्रमणको पुष्टि भएको हाे । शहिद लखनमा संक्रमण पुष्टी भएकाहरुमा २ बर्षका बालिकादेखि ८६ बर्षका बृद्धा समेत रहेको निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर ९ मा एक पुरुषमा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ । संक्रमित २७ बर्षिय पुरुषको कन्ट्रयाक ट्रेसिङका क्रममा स्वांब सकंलन गरि कोरोना परीक्षणका लागि पठाइएको थियो ।
गण्डकी गाउँपालिकाका वडा नम्बर २ का ४४ र २४ बर्षका २ जना महिलामा पनि बुधबार नै कोरोना पुष्टी भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । निर्देशनालयले आज बिहान जारी गरेको बिज्ञप्तीमा पनि गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ की एक महिलामा संक्रमणको पुिष्टी गरेको थियो । यो संगै गोरखा जिल्लामा आज एकैदिनमा २४ जनामा संक्रमणको पुष्टी भएको हो । संक्रमित सवै कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाब संकलन गरि परीक्षणका लागि पठाइएकाहरु रहेको निर्देशनालयले जनाएको छ ।






