कात्तिक ९ ,पोखरा। गण्डकी प्रदेशमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा महानगरपालिका १ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको छ ।
पाेखरा २२ का ६८ वर्षिय पुरुषकाे गण्डकी मेडिकल कलेजमा र पाेखरा ३१ का ५८ वर्षिय पुरुषकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज विहान निधन भएकाे हाे ।
कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेकोमा कात्तिक ३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई असोज ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।







