सोमनाथ लुइटेल रवि पाल्पालि को दमदार गजल

शनिबार, कार्तिक १५, २०७७
0
282

माया मेरि जिन्दगिमा ,पसि दिए पुग्छ
टाढा होइन तिमी नजिक , बसि दिए पुग्छ

मायाले गर्दा आज मलाइ के के भयो भयो
जोगि बन्न थोरै खरानी ,घसि दिए पुग्छ

मायाको नि जालो धेरै थोरै,जति पाए पाए
लेख्न लाइ कपि कलम , मसि दिए पुग्छ

जति कसम खाए नि बिस्वास ,गर्दिन मैले
मेरो लागि मायाको प्रमाण,दसि दिए पुग्छ

म जस्तो तिमी संग साथी,पनि होलान धेरै
कडा प्रहार बोलिले नै , कसि दिए पुग्छ

सोमनाथ लुइटेल रवि पाल्पाली
बर्दिया गुलरिया ३
हाल :- युगाण्डा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here