सोमनाथ लुइटेल रवि पाल्पाली का पाँच मुक्तक

सोमवार, कार्तिक १७, २०७७
0
354

 

मुक्तक १

किन बोल्नु भएन सानू रिसाए झैं लाग्यो
पृथक पृथक मनका कुरा मिसाए झैं लाग्यो

मेरो गल्ती भए भन्नू होला म नै सुध्रनेछु कसै
आँखा को परेली आँसुले चिसाए झै लाग्यो

मुक्तक २

कस्तो छ आज भोली ब्यथा हजुर को
साच्चै होर कि लेखेको कथा हजुर को

कसरी सकियो तेत्रो तपाईं को सम्पती
भ्याइयो कसरी तेत्रो ज्यथा हजुर को

मुक्तक ३

कस्तो माया बस्यो आश मै सास जल्दैछ
मुखले आगो बाल्दै दिलमा राँको बल्दैछ

ऐना फुट्दा सबै टुक्रामा देख्छु तिम्रै तस्बिर
बिबसता तिम्रो थियो तर मेरो मुटु चल्दैछ

मुक्तक ४

माया बस्यो नदेखेरै अब के गरु भन
तिम्रो तिरस्कार यस्तै भए बाचुँ कि मरु भन

पल पल बाच्नु भन्दा एकै पटक मार तिमी
मनको बस्ती खरानी हुदा बसाइ कहाँ सरु भन

मुक्तक ५

तिम्लाइ कसरी भनु माया गर्नु पर्छ भनी
बिश्वासको बाटो हेर्दै पारी तर्नु पर्छ भनी

आँखामा सपना बोकि धाउँनुछ जिवनमा
कसरी भनु मायाको बिज छर्नु पर्छ भनी                                                                                          सोमनाथ लुइटेल रवि पाल्पाली
बर्दिया गुलरिया ३
हाल :- युगान्डा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here