कात्तिक २२, गाेरखा । गोरखामा युवतीहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार र महिला हिंसाका बिरुद्ध आज बिरोध प्रर्दशन गरेका छन् । ‘अझै कती सहने अभियान’ अन्तरर्गत गोरखाका युवतीहरुले कालो लुगा, कालो पट्टी र कालो मास्क लगाएर गोरखा सदरमुकाम क्षेत्रमा बिरोध प्रर्दशन गरेका हुन् । सो समूहले गोरखा बजारको लोकतान्त्रिक चोकमा प्रर्दशन गरेका थिए ।

हाम्रो अभियान ‘बलात्कार विरुद्ध हो’ बिरोध प्रदर्शनको अगुवाई गर्नुभएकी सुमित्रा मग्रातीले भन्नुभयो । ‘केही महिना यता दिनदिनै बलात्कारको घटना बढेको छ, यसको अन्त्य गर्न देश ब्यापी रुपमा हामी चरणबद्ध आन्दोलन र बिरोधका कार्यक्रम थालेका हौ’ उहाँले भन्नुभयो । घर भित्रै पनि होशियार, बलात्कारको लिंग हुँदैन, हामी चुप कहिले सम्म, अझै कति सहने जस्ता प्ले कार्ड लिएर युवतीहरुले प्रर्दशन गरेका थिए ।

प्रर्दशनमा ‘त बलात्कारी’ भन्ने गितमा समेत प्रर्दशन गरेका थिए ।युवतीहरुको उत्त समूहले बलात्कार बिरुद्वको कानुनलाई अझै कडा बनाउनुपर्ने, बलात्कार भएमा निवदेन दिने हद म्याद थप गर्नुपर्ने लगाएतका मागहरु राखेका थिए ।
गाेरखामा प्रहरीले पछिल्लाे समय बलत्कार, हत्या ,हिँसा लगायतका घटनाहरुमा मिलापत्र गराउँदै आएकाे उनीहरुले बताएका छन् ।






