मुक्तक १
तिमीसँग दया सापटी मागेर बाँच्नु नपराेस
हावाकाे महलका सपना कवै साँच्नु नपराेस्।
बाच्नु छ दुई दिन सेवा गरी खुशी दिनसकूँ ,
बाच्छाहरु मिचाी साँढेझै कतै नाच्नु नपराेस्।
मुक्तक २
तिमिले धाेका दिए पनि मैले दिएकी छैन ,
आजसम्म तिम्राे भरमा कतै जिएकी छैन।
कहीँ कतै दुखाई पनि त मिठाे हुने रैछ,
चाेटभरि देख्न तिम्लाई मुटु सिएकी छैन।
मुक्तक ३
पीडाहरु भुल्नलाई बाटाे खाेजेकाे थेँ
आफूभित्र दुखेर नि तिमी राेजेकाे थेँ।
वनकाे चरी वनैभित्र रमाउँछ छाेडिदेऊ,
पिजडालाई महल त्याे कैले साचेकाेथेँ?
मुक्तक ४
तेत्तीस पर्सेन्ट भन्छाै अझै आधा आकाश ढाक्नेलाई,
मैले पालेकाे छु भन्छाै तिम्रै लागि भाक्नेलाई।
विवेक शून्य आफ्नाे ऐना हेर्दै हेर्दैनाै कि कसाे?
अँगालाेमा बेरी हिन्छाै पिच्छे छुरी ताक्नेलाई!!!
मुक्तक ५
चन्द्र हुँ म तिम्ले छेक्दैमा के चम्किन्न र?
आफ्नै हुन् पाईला तिमिले राेक्दैमा लम्किन्न र?
तिम्राे कर्तुत लुकाउन छेक्न खाेज्याै मलाई
सधैँ कहाँ हुन्छ गृष्म वर्षे झरी झम्किन्न र?
चन्द्रावती अधिकारी
काेहलपुर बाँके






